Menus

सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख सोमबार, चैत्र ०३, २०८१

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा लागुऔषध एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

नेपालगन्ज लागुऔषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको  बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै उनले लागुऔषध नियन्त्रणका लागि मुख्य नाका जमुनाह र अन्य सहायक नाकामा कडाइ गरिएको बताए । ‘लागुऔषध बाँकेको प्रमुख सुरक्षा चुनौती बनेको छ । योे नियन्त्रण गर्न बाँके प्रहरीले तदारुकताका साथ काम गरिरहेको छ,’ उनले भने ।

यस्तै फागुन महिनामा गरेको प्रगति विवरण पत्रकार माझ सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक पातलीले एक महिनामा पाँच हजार ट्याब्लेट ट्रामाडोल र चार किलो दुई सय ग्राम चरेससहित ओसारपसारमा संलग्न २२ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले ६५ जना फरार अभियुक्तलाई पक्राउ गरी १५ वर्ष दुई महिना १८ दिन कैद भुक्तानका लागि पठाइएको समेत बताए ।

त्यस्तै फरार अभियुक्तहरूबाट चार लाख ३५ हजार ५५ रुपैयाँ जरिवाना असुल गरिएको पनि उनले जानकारी दिए । ‘फागुन महिनामा १३१ वटा मुद्दा दर्ता भएको थियो। जसमध्ये १०२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ,’ उनले भने, ‘माघ महिनामा फर्स्योट हुन बाँकी रहेका ६५ वटा मुद्दा पनि फर्स्योट गरिएको छ।’

त्यस्तै उनले फागुन महिनामा ४१४ वटा ठाडो उजुरी दर्ता भएकोमा ३९६ वटा फर्स्योट भएको तथ्यांक पत्रकारमाझ सार्वजनिक गरे। उनले एक महिनामा १४ लाख ७१ हजार ८७५ रुपैयाँबराबरको अवैध सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको बताउँदै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट २९ लाख ११ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको जानकारीफ दिए ।

यस्तै उनले भने, ‘एक महिनामा तीन लाख ७६ हजार ८१० रुपैयाँबराबरको अवैध कुखुरा बरामद गरी क्वारेन्टाइन कार्यालयमा बुझाइएको छ।’ बाँके प्रहरीले सीमानाकाबाट ८१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकको उद्धार गरी परिवारको जिम्मा लगाएको र अलपत्र अवस्थामा फेला परेका १५ जनालाई संरक्षणका लागि विभिन्न संस्थामा पठाएको छ ।

हराएका तीनवटा मोटरसाइकल, एक साइकल र २१ थान मोबाइलसमेत फेला पारी सम्बन्धित निकायलाई बुझाएको बाँके प्रहरीले जनाएको छ । स्थानीयलाई सचेत बनाउन बाँके प्रहरीले १६० वटा सचेतना अभियानसमेत सञ्चालन गरेको छ । बाँके प्रहरी प्रवक्ता पातलीका अनुसार बाँकेका विभिन्न क्षेत्रमा ट्राफिक नियम, लैंगिक हिंसा, लागुऔषध दुरुपयोग, साइबर अपराध, चोरीलगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै ‘गत फागुन महिनामा मात्र ट्राफिक नियमअन्तर्गत लेन अनुशासन,जेब्रा क्रसिङ,ट्राफिक लाइट लगायत २५१ वटा सचेतनामूलक कार्यक्रम गरिएको प्रबक्ता डिएसपी पातलीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close