धनगढी । कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको छ ।
धनगढी–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा मेडिकल कलेज अगाडि सुदूरपश्चिम प्रदेश ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कबिन्द्र सिंह बोहराले दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
त्यस्तै उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ। मोटरसाइकल पछाडि सवार बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर –४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् ।