Menus

सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । सेवानिवृत्त भएर जान लागेका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतलाई एक कार्यक्रमका बीच उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले बिदाई गरेका छन् ।

२०५१ चैत ५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति चैत ५ गते अनिवार्य अवकाश भई जान लागेका प्रहरी नायव महानिरीक्षक राउतलाई प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले “मायाको चिनो प्रदान गरी” बिदाई गरेका हुन् । बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कमर्ठ सिपाहीको रुपमा संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्नु भएकोमा प्रहरी नायव महानिरीक्षक राउतलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक जीवनका लागि समेत शुभकामना व्यक्त गरे ।

सेवा निवृत हुन लागेका प्रहरी नायव महानिरीक्षक राउतले आफ्‍नो अनुभव सहितको मन्तब्य व्यक्त गर्दै प्रहरी सेवालाई प्रभावकारी तथा नागरिकमैत्री बनाउनका लागि आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनको उद्देश्य पुरा गर्नको निम्ति योगदान गरेको स्मरण गर्दै अवकाश पश्चात पनि नेपाल प्रहरी संगठनले महशुस गरेको हरेक समयमा सल्लाह, सुझाव र सहकार्यमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे,जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी,काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत,काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close