काठमाडौँ । घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले नुवाकोटका एक जना मानिसलाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरीले सो आरोपमा नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुबई हुँदै इराकमा पुर्याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
त्यस्तै उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।