Menus

टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, चैत्र ०८, २०८१

दाङ । देउखुरीको लमहीमा जारी रहेको पिएम कपमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।

नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएकाे ११७ रनकाे मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पुरा गर्याे । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा आर्मीका तृतराज दासले ६८ बलमा ३ चाैकासहित ३७ रन जाेडे ।

बसिर अहमद ३८ बलमा ३ चाैका र १ छक्का सहित ३२ रनमा अविजित रहे । ईमरान सेखले १६ बलमा १ चाैकासहित १२ रन जाेड्दा भीम सार्कि १५ बलमा १ चाैकासहित १४ जाेडेर आउट भए । साेमपाल कामीले २१ बलकाे सामना गर्दै १० रनमा अविजित रहे । गण्डकीका चन्द्र पाैडेलले ६ ओभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ ओभरमा १ विकेट लिए । सुदीप अर्यालले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए ।

त्यस्तै यसअघि, टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे गण्डकी पदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जाेडेकाे थियाे । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए। उनले ४९ बल खेल्दै ४ चाैकाकाे मद्दतमा ३३ रन जाेड्दै साहब आलमकाे बलमा बाेल्ड आउट भए । पहिलाे विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनकाे साझेदारी गरेका अर्जुन र समीर कँडेलकाे विकेट पतनपछि गण्डकीका अरु खेलाडी सस्तैमा समेटिए । समीर ८ रन जाेडेर साहब आलमकाे बलमा पहिलाे विकेटका रुपमा आउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नुपर्याे ।

यस्तै दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरु खेलाडीले दाेहाेराे रन जाेड्न सकेनन् । आर्मीका साहब आलमले एक्लै पाँच विकेट चट्काए । उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए । आर्मीलाई जीत दिलाउन महत्त्वपूर्ण पाँच विकेट लिएका साहब आलम प्लेयर अफ द म्याच भए । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीम बीच खेल भईरहेकाे छ ।

त्यस्तै अहिलेसम्म ७ खेल खेलीसकेको आर्मी ६ मा जीत र १ मा हार व्यहाेर्दै १२ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थान अर्थात पुछारमा छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close