Menus

Sidha Patra आइतबार, चैत्र १०, २०८१

दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी तथा गुणस्तरीय भएको बताएका छन् ।

नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालले अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले तिनवटा आँखा अस्पताल सञ्चालन गरेको र सवै अस्पतालहरुले दिएको सेवा प्रभावकारी भएको बताए ।‘आँखाको क्षेत्रमा तपाईहरुले दिएको सेवा प्रभावकारी छ, मैले अस्पतालपनि अवलोकण गरे सवै कुरा राम्रो देखे – स्वाथ्य मन्त्री पौडेलले भने । स्वास्थ्य मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालीत अस्पतालहरु गैरसरकारी भएपनि सामुदायिक अस्पतालहरु भएको भन्दै अस्पतालमा प्रयोग हुने चश्मा औषधीमा लाग्ने भ्याट छुट, उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताए । कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले नेपाल सरकारले दिने सेवा आफुहरुले दिएर नेपाल सरकारलाई सहयोग गरेको बताए ।

त्यस्तै उनले आफुहरुले सेवा दिदै आएको र नेत्रविशेषज्ञहरुको अभाव भएको भन्दै नेपाल सरकारले नेत्रविशेषज्ञहरु उपलव्ध गराएमा आफुहरुले त्यसको व्यवस्थापन गर्ने बताए । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.सम्शेर थापाले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थापना काल देखि पुर्‍याएको सेवा र भावि योजना र नेपालमा अन्धोपनको अवस्थाको विषयमा जानकारी गराउदै आँखा स्वास्थ्य कार्यक्रमले दृष्टिविहिन्ता न्यूनिकरणका लागि गरेका गतिविधि सहकार्य र अस्पतालको गुरुयोजना आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संघका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव घनश्याम सुवेदीले गरेका थिए । सो अवसरमा स्वास्थ्य मन्त्री पौडेलले अस्पातलको अवलोकन तथा निरीक्षण समेत गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close