Menus

Sidha Patra सोमबार, चैत्र ११, २०८१

काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ रहेको छ । मोर्चाका सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले आ–आफ्नै दलले जुलुस निकाल्ने र एक ठाउँमा आएर मिसिने गरी भागबन्डा गरिएको जानकारी दिए ।

त्यस्तै यादवका अनुसार कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ । ‘विरोध सभामा एक लाख मानिस काठमाडौँ आउने अनुमान गरेका छौँ । दलीय हिसाबले आ–आफ्नै हिसाबले जुलुसको नेतृत्व गर्नुहुन्छ । प्रतिगमनविरुद्धको लडाइँ भएकाले विशेषगरी बागमती प्रदेश र त्यस आसपासबाट कार्यकर्ता र समर्थक आउनुहुन्छ । त्यसबाहेक अन्य प्रदेशको हकमा आफूखुसी विरोध प्रदर्शनमा भाग लिनेछन्’, उनले सोमबार रातोपाटीसँग भने ।

यस्तै अर्का एक नेताका अनुसार मोटामोटी चार दलीय क्षमता अनुसार नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार मानिस उतार्ने भाग परेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि नेपालको राजनीति तरङ्गित भएको छ ।

त्यस्तै सोहीअनुसार राजावादीहरूले फागुन २५ गते पोखराबाट फर्किँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरी निजी निवास निर्मल निवाससम्म पुर्‍याएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close