Menus

Sidha Patra मंगलबार, चैत्र १२, २०८१

काठमाडौँ । राजावादीसँगै संसदका रहेका अरु विपक्षी दलहरु कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर आन्दोलन हुन थालेपछि सत्ता पक्षको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल बैठक बोलाइएको बालुवाटार सुत्रले बताको छ ।

त्यस्तै सरकारले सोमबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ। त्यसमा विषयमा चौतर्फी विरोध सुरु भएपछि रक्षात्मक बनेको सरकारले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न चाहेको हो ।

यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी रहेका छन् ।

त्यस्तै गृहमन्त्री रमेश लेखक,श्रम मन्त्री शरत सिंह भण्डारी,एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरु पनि सत्ता पक्षको बैठकमा उपस्थित रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close