Menus

छवि पुरी बुधबार, चैत्र १३, २०८१

दाङ । बायाँ हातका स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ ।

लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसकाे अपराजित यात्रा कायमै रहेकाे छ । पुलिसले दिएकाे १४८ रनकाे विजयी लक्ष्य पछ्याएकाे कर्णाली प्रदेशले शुरुवात राम्रो गरेपनि ललितनाररायण राजवंशीकाे कशिलाे बलिङमा कर्णाली २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेेटियाे । मध्यम लक्ष्य पाएपनि कर्णालीलाई आजकाे जीत अपरीहार्य थियाे ।

कर्णालीका लागि रविन्द्र शाहीले राम्रो शुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले लय पकड्न नसक्दा हार व्यहाेर्याे । रविन्द्रले ३२ बलमा २ छक्का र ७ चाैकाकाे मद्दतमा ४९ रन जाेडेर सागर ढकालकाे बलमा बाेल्ड भए । त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने काेशिस गरेपनि पुलिसले ३० रनमा पेभेलियन फर्कायाे ।

अर्जुनले ४२ बलमा १ छक्का र ३ चाैकाकाे सहयाेगमा ३० रन जाेडेर ललितकाे बलमा क्याच आउट भए । सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए । ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई आउट गर्दै ९ ओभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे । सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्याे ।

जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलाे खेलाडी पनि बनेका छन् । उनले हालसम्म १०३ विकेट लिईसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीकाे शीर्ष स्थानमा छन् ।

यसअघि, टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएकाे थियाे । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जाेडे । उनले ६० बल खेल्दै ४ चाैकाा र १ छक्काकाे मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दीलिप नाथले ५९ बलमा २ चाैकासहित ३४ रन बनाएर दिवान पुनकाे बलमा एलबीडब्लू भए । पुलसिका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनकाे साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए । अन्तिम विकेटका रुपमा आएका सागर ढकालले अविजित २२ रन जाेडे ।

त्यस्तै पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, आरिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलाे बलमा बाेल्ड भए ।कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १-१ विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णाली प्रदेश टीम पाँचौं स्थानमा रहेकाे छ। अहिलेसम्म ८ खेल खेलीसकेको पुलिस क्लब ८ खेलमा सतप्रतिशत जीत निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ५ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ । याेसँगै दाङमा १४ खेल सकिएका छन् । अबका बाँकी खेल रुपन्देहीमा हुनेछन् । प्रतियोगिताकाे फाईनल खेल चैत १६ गते सिद्धार्थ क्रिकेट रंगशालामा हुने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close