काठमाडौँ । तीनकुनेमा राजावादीहरुको प्रदर्शन सुरु भएको छ ।
राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।
त्यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् ।
यस्तै नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।