काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा पुनः रवि लामिछाने आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
रास्वपाको पार्टी कार्यालयमा कार्यवाहक सभापति डोलप्रसाद(डिपी) अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कार्तिक २ गते सहकारी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।
त्यस्तै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै पुसमा उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति दिएका थिए । २ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि पार्टी कार्यालय फर्किएका लामिछानेलाई ठुलो सङ्ख्यामा उपस्थित भएका समर्थकले स्वागत गरेका थिए ।सिधाकुरा