Menus

Sidha Patra बिहिबार, चैत्र २१, २०८१

काठमाडौँ । ‘मिनी संसद’का नामले पनि परिचित सङ्घीय संसदअन्तर्गतका विभिन्न समितिका बैठक आज बस्दै छन् ।

संसद सचिवालयका अनुसार कानुन,न्याय तथा मानव अधिकार समिति,कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति,महिला तथा सामाजिक मामिला समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदै छन् ।

त्यसैगरी,राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक भने बिहान ११ः३० बजे हुने भएको छ । शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै विकास समितिमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी सङ्घसंस्था,नागरिक समाजलगायत सरोकार भएकाहरुसँग छलफल हुने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close