Menus

शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, चैत्र २१, २०८१

दाङ । देउखुरीको गढवा गाउँपालिकाले कृषि र पशुपालनमा समुन्नत पालिका बनाउने भन्दै आवाधिक र दिर्घकालिन रणनितिक योजना बनाउन थालेको छ ।

गढवा गाउँपालिकाको आयोजना, हेफर परियोजना नेपालको प्राविधिक सहयोग र ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा कृषि र पशुमा आधारीत भिटा परियोजना मार्फत बुधवार एक कार्यशाला गोष्ठिको आयोजना गरि रणनितिक योजना निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

समावेशी र समुन्नत समाजको निर्माण गर्दै गाउँपालिकालाई कृषि र पशु उत्पादनमा समृद्ध बनाउने अभियान अन्तर्गत यो कार्यक्रमको सुरुवात गरिएको पालिकाले जनाएको छ । पालिकाले यसअघि हेफर परियोजना र ग्रामिण महिला उत्थान केन्द्रसंगको साझेदारिमा बिगत दुईबर्ष अघिदेखि सामाजिक उद्यमी महिला सहकारी मार्फत किसानहरुको जिवनस्तर उठाउने बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भिटा परियोजना गढवाका संयोजक बसन्त कुमार शर्माले बताए ।

त्यस्तै यस क्रममा कृषि उपज सामाग्री उत्पादन र बजारीकरणका लागि कृषि उपज संकलन तथा बिक्रीवितरण केन्द्र स्थापना गरि तरकारी तथा खसीबोकाको बजारीकरणको काम गर्दै आएको र यसबर्ष किसानहरुले उत्पादन गरेको धान बजारीकरण गरि किसानहरुलाई प्रयाप्त मुल्य पार्न सफल भएको उनले बताए ।

कृषि र पशुपालन मार्फत किसानहरुलाई उत्पादनसंग जोडेर उनिहरुको जिवनस्तर उकास्न साझेदारी गर्दै पालिकाले दुध संकलन तथा बिक्री केन्द्र समेत स्थापना गर्दै गरेको ग्रामिण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीले बताए । हामी स्थानीय सरकारसंग साझेदारी गरि कृषि तथा पशु उत्पादन र बजारीकरणलाई मजबुत बनाउँदै छौं–चौधरीले भने ।

कृषि र पशुमा आधारीत रणनितीक योजना अन्तर्गत सुखि समाज,समुन्नत गढवाको अभियानलाई सार्थकता प्रदान गर्न कृषि र पशुपालनमा दिगो, आधुनिक,प्रबिधिमैत्री एवं ब्यवसायिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने,कृषि र पशुको उद्यामशिलता बिकास गर्दै बजारीकरण, विविधीकरणलाई प्रवर्धन गर्ने,कृषि जैविक विविधता संरक्षण गर्दै वातावरण मैत्री र जलवायू अनूकूलन प्रविधिमार्फत स्वस्थ र स्वच्छ वाली उत्पादन गर्ने तथा कृषि र उन्नत पशुपालन मार्फत पर्यटन बिकासलाई समेत जोड्ने गरि आवाधिक र दिर्घकालिन योजनाहरु निर्माण गर्न थालिएको पालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हेफर परियोजनाका डा.रुपेश काफ्ले,बरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य, हेफरका परामर्शदाता राजेन्द्र भारी र निर्दैशक दुर्गा कुमार केसीले रणनितिक योजनाका बारेमा प्रस्तुतिकरण र छलफलको सहजिकरण गरेका थिए । कार्यक्रममा ग्रामिण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरी, वडा अध्यक्षहरु बिरबहादुर आलेमगर, लेखबहादुर थापा, राहुलदेव चौधरी र अब्दुल खालिक सिद्दिकी तथा पशु चिकित्सकहरुले आ–आफना रायहरु राखेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close