काठमाडौं । उच्च अदालत बुटवलको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
त्यस्तै उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
त्यस लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।