Menus

प्रिया स्मृती गजमेर/लमही आइतबार, चैत्र २४, २०८१

(प्रिया स्मृती गजमेर) लमही 

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा गणतन्त्र व्यवस्थामार्फत लुटतन्त्र संस्थागत भएको आरोप लगाए ।

राप्रपा क्षेत्र नम्बर १ दाङले आइतबार लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले अब परिवर्तनको पक्षमा उभिने बेला आएको उल्लेख गर्दै लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रसस्त रहेको बताए ।

त्यस्तै गणतन्त्रकाे नामा नेताहरुका आसेपासेले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अब नयाँ व्यवस्था आवश्यक रहेको बताएका छन् । उनले भने, `वर्तमान सत्ता जतिसुकै दिन चल्दा पनि जनताले दुःख पाउँदै जान्छन् ।´ उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे ।`२० ४६ सालदेखि अहिलेसम्म उहीँ नेता,उहीँ नेतृत्वले देशलाई कहाँ पुर्‍यायो ?´ लिङ्देनले प्रश्न गरे ।

यस्तै संसदमा एक नेताले झुटा विवरण सुनाएको र आफूले त्यसको प्रतिवाद गरेको उल्लेख गर्दै उनले देशमा उड्न नसक्ने हवाइजहाज किन्ने, र जहाज नबस्ने विमानस्थल बनाउने कार्यहरू कमिसनका लागि गरिएको आरोप पनि लगाए । `राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन । पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन् । कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ । हामीले खोजेको यही व्यवस्था हो,´ उनले भने ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् । बृहत आम सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए । `कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्,´ उनले भने-`देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।´

यस्तै शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौति पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झुटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने चेतावनी दिए । `झुटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर अभियान’ चलाउँछौं,´ उनले भने ।

त्यस्तै उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे ।`प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ,´उनले भने । आन्दोलनलाई दवाउने कोसिस कसैले गरे ‘जेल भर अभियान’ चलाउने उद्घोष समेत शाहीले गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ का अध्यक्ष विनय बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा दर्जनौ युवाहरु विभिन्न पार्टी छाडेर राप्रपामा प्रवेश समेत गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close