Menus

Sidha Patra सोमबार, चैत्र २५, २०८१

दाङ । फोटोग्राफर एसोसिएसन दाङद्वारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन र शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ।

एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथिता भएको हो।

कार्यक्रममा भित्तेपात्रोमा विज्ञापन दाता र उत्कृष्ट फोटोग्राफरलाई सम्मान र कदर पत्र प्रदान गरिएको एसोसिएसनका महासचिव लक्ष्मण न्यौपानेले जानकारी दिए ।

प्रमुख अतिथि वसन्त जोशीले नयाँ वर्ष २०८२ को अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै भित्तेपात्रोको विमोचन कार्यक्रमलाई महत्वपूर्ण कदम माने । उनले भने,“यो भित्तेपात्रोले दाङ जिल्लाका फोटोग्राफरहरूको क्षमतामा आधारित कला र सिर्जनशीलताको प्रचार-प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।”

साथै, उनले दाङ जिल्लामा फोटोग्राफी क्षेत्रको विकासका लागि नयाँ अवसरहरूको सिर्जना गर्नुपर्ने र सबै व्यावसायिक फोटोग्राफरहरूको समन्वयको महत्त्वलाई जोड दिए । उनले भने, “यस क्षेत्रका फोटोग्राफरहरूले नयाँ प्रविधि र सिर्जनात्मकता अपनाउँदै आफ्नो क्षमता र सशक्तिकरणमा जोड दिनु पर्ने आवश्यकता रहेको छ।”

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका निवर्तमान अध्यक्ष र नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त न्यौपाने, नेपाल फोटोग्राफर महासंघका सदस्य नारायण खनाल, केन्द्रिय सदस्य अनिशा शाक्य,दाङ जिल्ला उपाध्यक्ष कृष्ण पन्थी,चितवन फोटोग्राफरका अध्यक्ष धुर्ब सापकोटा, सर्लाही फोटोग्राफरका अध्यक्ष बलराम चालिसे, सल्यान फोटोग्राफर एसोसिएसनका संयोजक दिल बहादुर बुढाथोकी, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोद पाण्डे, रेडिमेन्ट र फेन्सी समितिका अध्यक्ष निराजन श्रेष्ठ, मोबाइल र इलेक्ट्रोनिक व्यवसायी समितिका उपाध्यक्ष भिमसेन डिसि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एसोसिएसनका उपाध्यक्ष नारायण विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एसोसिएसनका महासचिव लक्ष्मण न्यौपानेले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close