Menus

टेकेन्द्र ओली बुधबार, चैत्र २७, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित सोमईथान एलएच एकेडेमीको १६ औं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता पाण्डेको अध्यक्षता तथा प्याब्सन दाङ जिल्लाका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण ओली विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा सेयर सदस्य सावित्री तरामी,अभिभावक प्रेमी सोमई मगर,विद्यालयका एमडी राजु यादव लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको आगामी शैक्षिक सफलताको शुभकामना सहित आउँदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान समेत गरेका थिए । यस्तै उक्त कार्यक्रममा विद्यार्थीहरु अन्सु चौधरी र अनुष्का चौधरीले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापक प्रभुराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा १७ वटा नृत्य प्रस्तुत भएको थियोे । जसमा अभिभावकको नृत्य उत्कृष्ट रहेको थियो । त्यस्तै कार्यक्रममा कर्मचारी शिक्षकलाई सम्मान पत्र वितरण गरिएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका भ्वाइस प्रिन्सिपल सन्तोष पाण्डेले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close