काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर–१० घर भएकी १९ वर्षीया करिना देवकोटा छिन् । उनको साथबाट ९ लाख नगद र ६ लाख रुपैयाँको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
यस्तै अरोपीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।