Menus

प्रिया स्मृती गजमेर/लमही सोमबार, बैशाख ०१, २०८२

दाङ । सशस्त्र प्रहरी बल नेपाल, नं. ४१ रिजर्भ गण हेडक्वाटर चन्द्रौटा, कपिलवस्तु (अर्जुन खोला,दाङ) ले पन्ध्रौं स्थापना दिवस मनाएको छ ।

अमर सशस्त्र प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण, विभिन्न विधामा उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरूलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको हो ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै उनले नवीन सुरक्षा चुनौतीहरूको सामना गर्दै त्यसलाई समाधान गर्न सशस्त्र प्रहरी दृढ रहेको बताए । सीमा सुरक्षा, राजस्व छलि नियन्त्रण, विपद् व्यवस्थापन लगायत शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सशस्त्र प्रहरीले अतुलनीय योगदान पुर्‍याएको र भविष्यमा पनि आफ्नो कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरे । `जस्तोसुकै सुरक्षा चुनौतीहरूलाई सामना गर्दै शान्ति, सुरक्षा, अमनचयन कायम गर्न सशस्त्र प्रहरी दृढताका साथ अघि बढिरहेको छ´ उनले भने – `विगतका वर्षहरू गौरवपूर्ण रहेका छन् भने आउने वर्षहरू पनि स्वर्णिम हुनेछन् ।´

त्यस्तै`शान्ति, सभ्यता, प्रतिरक्षा : लुम्बिनी बुद्धभूमि´ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीबाट प्राप्त अतुलनीय सहयोगको स्मरण गरे । त्यस्तै, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले विपद् व्यवस्थापन, राजमार्गमा सवारी दुर्घटनामा घाइतेहरूको उद्धार तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीले प्रभावकारी कार्य गरेको बताए ।

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि सशस्त्र प्रहरीको साथले ढुक्क महसुस गराएको बताइन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शान्ति–सुरक्षा प्रदान गर्न, सीमा अपराध नियन्त्रण गर्न तथा विपद्का बेला खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीले आफूलाई अब्बल सावित गरेको उल्लेख गरे ।

त्यस्तै गणपति सशस्त्र प्रहरी उपरीक्षक गुण राज न्यौपानेले लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरी बलको योगदान र समर्पणले शान्ति–सुरक्षा कायम गर्न, सीमा अपराध नियन्त्रण गर्न र विपद् व्यवस्थापनको काम प्रभावकारी रूपमा अघि बढेको बताए । कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close