
Ksb
Fmb
Gsb
Rks
Ksb
Ssb
Rsb
Ksb
Csb
Nsb
Ppu
Bsn
jsb
Usb
Tgp
Ssb

Usb
Ssb
Gsb
Tsb
Hl1

Rgu
ptl
Nps
काठमाडौँ । पछिल्लो समय देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ । सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।राति पनि यो क्रमले निरन्तरता पाउने छ ।
सातै प्रदेशमा चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
