
Bsn
Gsb
Tgp
Rks
Nsb
Usb
jsb
Ssb
Csb
Fmb
Ksb
Ksb
Ksb
Rsb
Ssb
Ppu

Gsb
Usb
Hl1
Ssb
Tsb

Nps
ptl
Rgu
दाङ । नेपाल सरकार प्रतिनिधीसभा कृषि तथा प्राकृतिक स्रोत समितिले शनिवार प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन ईकाई दाङले गरेका कामहरुको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।
परियोजना र किसानहरु बिचको सम्बन्ध र उपलब्धिहरुको आंकलन गर्न प्रतिनिधी सभाका सांसदहरु, नेपाल सरकार कृषि मन्त्रालय तथा कृषि बिभाग र प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मकै सुपरजोनको टिमले दाङ देउखुरीका बिभिन्न कृषि सहकारी र समूहहरुले गरेका कामहरुको स्थलगत निरिक्षण गरेको हो ।
त्यस्तै स्थलगत निरीक्षणको क्रममा बिशाल मौरी फर्म तुलसीपुर, सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्था राजपुरको कष्टम हायरिङ सेण्टर,सतबरीया कृषि सहकारी संस्था लि.लमहीको रामुर हाइब्रेड–१० मकै उत्पादन,पालुवा पशुपंक्षि पालन कृषक समूहको रामपुर कम्पजीट मकै उत्पादन, हरित तरकारी समूह लमही–७ को कृषि उत्पादन र किसानले प्राप्त गरेका उपलब्धिहरुका बारेमा स्थलगत अध्ययन, अबलोकन र निरिक्षण गरिएको प्रधानमन्त्री कृषि आधुनीकीकरणका बरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए ।
यस्तै टोलीले देउखुरीको राजपुर स्थित सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्थामा काष्टम हायरिङ सेण्टर अन्तर्गत परिरयोजनाको सहयोगमा निर्मित बिऊ प्रशोधन भवन, मसिनरी औजारहरु मकैछर्ने,फोक्ने मसिन,धान रोप्ने,दाउने थ्रेसर, टेयाक्टर लगायतका औजारहरुको प्रयोग र किसानहरुको उपलब्धिका बारेमा छलफल गरेको थियो । छलफलको क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मकै सुपरजोनले कृषक समूह र कृषि सहकारी मार्फत किसानहरुले उत्पादन गरेको मकैको बिऊ बजारीकरणमा गोर्खा सिड कम्पनीले महत्वपूर्ण भूमीका खेलेको बताइएको छ ।
त्यस्तै अध्ययनको क्रममा सुयोदय सहकारी संस्थाका अध्यक्ष देवबहादुर केसी र सहब्यवस्थापक मोहन कुमार खनालले सहकारीले परियोजना मार्फत प्राप्त गरेका उपलब्धिहरुका बारेमा बोलेका थिए । स्थलगत निरीक्षणको टिममा प्रतिनिधीसभाका सांसदहरु बिरबहादुर बलायर,भानुभक्त जोशी, रञ्जीत श्रेक्ष्ठ, रुपलाल चौधरी,अनिशा नेपाली, अशोक कुमार चौधरी,बिजुला रायमाझी,मिरा तामाङ र सुर्य कुमारी श्रेष्ठ, नेपाल सरकार कृषि मन्त्रालय कृषि बिभागका उप–महानिर्देशक राजेन्द्र कोइराला, सचिव शिवदत्त बराल, उपसचिव हिरालाल भण्डारी,योजना आयोगका अधिकृत माधव पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि बिकास अधिकृत महेश रेग्मी, इन्द्र शर्मा ढंगाना र परियोजना दाङका लक्ष्य बहादुर चौधरी, कृषि अधिकृत बिकास पौडेल लगायत ३० जनाको टिम रहेको थियो ।
