
Nsb
Usb
Ssb
Rsb
Ksb
Ssb
Bsn
Ksb
Fmb
Rks
Csb
Gsb
Ksb
jsb
Ppu
Tgp

Usb
Tsb
Hl1
Gsb
Ssb

Nps
ptl
Rgu
दाङ । राप्ती गाउँपालिका मगर विद्यार्थी संघको दोस्रो अधिवेशन राप्ती गाउँपालिका वडा नम्बर -८,पिपरी स्थित मगर संग्रहालयमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष कृष्ण पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशकि भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको प्रमुख आतिथ्यमा अधिवेशन कार्यक्रमको उदघाटन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि झाक्री मगरले मगर भाषा,संस्कृति र पहिरनको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले, “भाषा कुनै पनि व्यक्तिको निजी सम्पत्ति होइन, गैर-मगरहरूले पनि मगर भाषा पढ्न र बोल्न सक्नुपर्छ,” भन्ने धारणा व्यक्त गरेकि थिइन् । साथै उनले बन्दुक होइन, कलमको शक्तिले परिवर्तन सम्भव हुने भन्दै मगर भाषामा कविता प्रस्तुत गरेर युवाहरुलाई राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरित गरिइन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिका रुपमा रहेका बौद्ध समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर पुन मगरले मगर समुदायको जीवनशैली,धर्म र संस्कृति तथा जन्मदेखि मृत्यु संस्कारसम्मको विधि र अभ्यासबारे प्रकाश पारे । अन्य अतिथिहरुले पनि आ-आफ्ना मन्तव्य राखेका थिए ।
रिमा घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मगर संघका पूर्व सहसचिव तथा मगर महिला संघकी अध्यक्ष बिस्पुरा घर्ती मगर, नेपाल मगर संघ राप्ती गाउँपालिकाका तिका बहादुर बुढा मगर,नेपाल मगर संघ वडा नम्बर १ का अध्यक्ष केशमान पुन मगर,नेपाल मगर महिला संघ कि कुम कला रखाल मगर लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रदीप घर्ती मगरले गरेका थिए ।
बन्द सत्र अन्तर्गत भएको निर्वाचनको संयोजन कृष्ण पुन मगरले गरेका थिए । निर्वाचन मण्डलका सदस्यहरुमा तिकाबहादुर बुढा मगर र महिला सदस्य भूमिसरा रोका मगर रहेका थिए । निर्वाचन मण्डलले सबै वडालाई प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा नयाँ १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसको अध्यक्षमा प्रदीप घर्ती मगर,वरिष्ठ उपाध्यक्ष रिमा घर्ती मगर,उपाध्यक्ष झमी राना मगर,सचिव मेनका रखाल मगर, सह-सचिव रिजन घर्ती मगर,कोषाध्यक्ष संगीता पुन मगर चयन भएका छन् । अन्य सदस्यहरु पनि समितिमा समावेश छन् ।
समापनमा प्रमुख र विशिष्ट अतिथिहरुले मगर र नेपाली भाषामा शपथ ग्रहण गराउँदै नयाँ कार्यसमितिलाई टिका र फूलमाला सहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
