
Rsb
Ssb
jsb
Fmb
Nsb
Ppu
Ksb
Usb
Ksb
Ksb
Tgp
Csb
Gsb
Bsn
Rks
Ssb

Ssb
Tsb
Usb
Hl1
Gsb

ptl
Nps
Rgu
डोटी । डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका -१ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२ बस्ने ३३ वर्षको अर्जुन धामी,३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ । तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
