
Bsn
Gsb
Ksb
Ssb
Ksb
jsb
Ksb
Nsb
Csb
Rsb
Ppu
Tgp
Fmb
Rks
Ssb
Usb

Ssb
Tsb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई उद्यम र राेजगारसंग जाेड्नु पर्ने बताएका छन् ।
कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका वडा नम्बर-१, बडहराकाे ३१ औं वार्षिक साधारणसभा तथा समूहकाे काठ गाेदाम घरकाे आज बिहिबार उद्घाटन गर्दै अध्यक्ष भुसालले यस्ताे बताएका छन् ।
उनले सामुदायिक वन समूहमा जाेडिएका उपभोक्ताहरूलाई पर्यापर्यटन तथा काष्ठ उद्योग लगायतका कार्यक्रमबाट राेजगारी सिर्जना गर्न तर्फ तप्परता देखाउनु पर्ने बताए । साथै उनले सामुदायिक वन समूहका सवालमा वन महासंघ निरन्तर रूपमा आन्दाेलित रहेकाे बताउँदै अध्यक्ष भुसालले आन्दाेलन र संवादबाट आवश्यक निकास निकाल्न सरकारले आफ्नाे भूमिका बढाउन समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बाेल्दै सव-डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीले सामुदायिक वन समूहलाई डढेलाेबाट बचाउन सबै उपभोक्ताहरू सचेत र जागरुक बन्न आग्रह गरे । उनले डढेलाे कै कारण प्रत्येक वर्ष वन विनास हुने गरेकाे बताउँदै प्रमुख डाँगीले वन बचाउन डढेलो नियन्त्रण गर्न आवश्यक रहेकाे बताए । साथै डढेलाे नियन्त्रणका लागि वन समूहकाे प्रमुख एजेण्डा बन्नु पर्ने समेत बताए ।
समूहका अध्यक्ष नवराज शर्माकाे अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालकाे प्रमुख आतिथ्यता एवम् कालाकाटे सव-डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
साे अवसरमा समूहकाे ३ लाख ५० हजारकाे लगानीमा निर्माण गरिएकाे तीन काेठे पक्की काठ गाेदाम घरकाे उद्घाटन गरिएकाे छ । उक्त घरकाे कार्यक्रमका प्रमुख अतिथी भुसालले रिबन काटेर उद्घाटन गरेका हुन् । त्यस्तै कार्यक्रममा वन समूहले दुई वटा सामुदायिक विद्यालय,एउटा वन कार्यालय र एउटा अति विपन्न घर परिवारलाई आर्थिक तथा भाैतिक सामाग्री सहयाेग गरेकाे छ । जस अनुसार साेही ठाउँकाे आदर्श प्राबि बडहरामा अध्ययनरत १८ विपन्न विद्यार्थीहरूलाई अध्ययन शुल्क बाफत नगद ९९ हजार ६ सय,राप्ती गाउँपालिका-३,बसन्तपुर स्थित विपी आधारभूत विद्यालयलाई विपन्न विद्यार्थी छात्रबृत्ति प्रदानका लागि २५ हजार र कालाकाटे सव-डिभिजन वन कार्यालयलाई एक थान कलर प्रिन्टर र राप्ती गाउँपालिका-३, बसन्तपुरका अति विपन्न उपभाेक्ता घर परिवारलाई २ थान पंलङ्ग समेत बितरण गरेकाे छ ।
समूहका उपाध्यक्ष राकेश शर्माकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका जिल्ला सदस्य बिष्णुमाया बसेल, भू-तथा वातावरण संरक्षण अभियान नेपालका पूर्व केन्द्रीय सदस्य एवम् पत्रकार महेश रिजाल, समूहका पूर्व अध्यक्ष देबराज यादब र बुद्धिजीवी तथा शिक्षाप्रेमी राजितराम यादब लगायतका बक्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन समूहका सचिव दिलबसी बिकले गरेकि थिइन् ।

