
Ssb
Tgp
jsb
Ssb
Ppu
Fmb
Rsb
Ksb
Csb
Rks
Ksb
Ksb
Bsn
Nsb
Gsb
Usb

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
ptl
Rgu
दाङ । लमही नगरपालिका वडा नम्बर ९,अमिलियामा अमिलिया श्रींगारिक महा आरती धर्म जागरण सप्ताह महोत्सवको शुभारम्भ भएको छ ।
महोत्सवको लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडा अध्यक्ष केसीले धर्म र संस्कृतिले मानिसलाई सामाजिक परिधि भित्र बाँधेर राखेको बताए । आपसी सद्भाव कायम गर्नुका साथै फरक-फरक समुदायका दाजुभाई आमाबुवालाई पनि एक अर्काको धर्म संस्कृतिलाई इज्यत गर्नु पर्छ भन्ने कुराको ज्ञान प्रदान गर्छ’- वडा अध्यक्ष केसीले भने । यस्ता प्रकारको धार्मिक कार्यक्रमले समुदायहरू बीचको सम्बन्ध अझ प्रगाढ बनाउने उनको तर्क छ ।
अमिलियामा रहेको शिव मन्दिरमा अक्षयकोष स्थापना तथा समग्र विकासका लागि धर्म जागरण सप्ताहको आयोजना गर्न लागिएको हो । यहिँ वैशाख १४ गतेदेखि वैशाख २० गतेसम्म अमिलिया श्रींगारिक महा आरती धर्म जागरण सप्ताह महोत्सव संचालन हुने छ ।
धार्मिक आस्था र सांस्कृतिक समृद्धिको साझा उदेश्यले आयोजना गरिएको महोत्सवमा हजारौं श्रद्धालुहरूको सहभागिता हुने अपेक्षा राखिएको छ । सात दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न धार्मिक प्रवचन, भजनकीर्तन, हवन–पूजन र विशेष आरती कार्यक्रमहरु आयोजना गरिने छ । प्रत्येक दिन विभिन्न विषयमा धर्मगुरुहरूले प्रवचन दिने, जसले उपस्थित भक्तजनहरूलाई आध्यात्मिक ऊर्जा र धार्मिक चेतनामा थप जागरण आउने विश्वास छ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा गरिएको श्रींगारिक महा आरतीले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो । स्थानीय समुदायको सक्रियता र एकता झल्किने गरी महोत्सवको आयोजना गरिएको हो । महिलाहरू, युवाहरू र जेष्ठ नागरिकहरूको समेत उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा भव्य झाँकी, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो ।
झाँकी टोली सहित अमिलिया बजार परिक्रमा गरिएको थियो । सात दिन सम्म चल्ने धार्मिक महोत्सवको मुख्य कथा वाचकमा आचार्य ऋषिकेश उपाध्याय जी महाराज रहेका छन् । त्यस्तै कार्यक्रममा सम्पूर्ण नगरबासीलाई सहभागी जनाउन आयोजकले अनुरोध समेत गरेको छ ।
