दाङ । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५-२०,२५-१६ र २५-१० अर्थात् ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलालीले फाईनल यात्रा तय गरेको हो । त्यस्तै उल्लेख्य दर्शक ले खचाखच भरिएको खेल मैदान मा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डागी फाउन्डेसन तुलसिपुर लाई २५-१७,२५- १९ र २५ -१८अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाईनलमा डल्फिन फिड कैलाली संग को उपाधी भिडन्त पक्का गरेको हो । उपाधी होडमा रहेका दुबै टिम मा रास्ट्रीय खेलाडिको वर्चस्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समितिका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिनु भयो । त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसिपुर र पिवाईसी रुकुम भिड्नेछन् ।
यसैबीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथी बिच बिहान १० बजे खसी बाजि प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिनु भयो । यस्तै प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओलि,प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा रहनु भएकोछ भने स्कोरमा भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी र रितु चन्द,अर्जुन रोका रहनु भएको छ । त्यस्तै सबैका लागि खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको बिजेता, उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशःनगद एक लाख, पचास, पच्चीस र १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ ।
यसैविच आयोजकले बुधबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोहमा उल्लेख्य उपस्थितका लागि खेल प्रेमी,खेलाडी,समाजसेवी, बुद्धिजिवि, उधोगी, ब्यबसायी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।