हरेक बिहान पाँच बजे घडीमा सेट गरेको घण्टीले’ मलाई जनाउ दिन्थ्यो ।
अनि म जुरुक्क उठ्थे, पुस माघको पारीलो ठण्डीमा पनि र खुरुक्क जुट्थे, आफ्नो बन्दोवस्तिको लागि।
किनकी मलाई जानुथियो मेरो संसारमा।
सयौं शिश्य सङ्ग साक्षात्कार गर्न।
मेरो कर्म मन्दिरमा जानू पहिले एक चक्कर लगाउथे ।
मैले आफ्नै बस्ती वरिपरिको बाटोमा जहाँ भेटिन्थे आत्मिय अनुहारहरु।
अनि जम्मा गरिन्थ्यो अखवारहरु र पढिन्थ्यो थुप्रै समाचारहरु।
जब सवार हुन्थे म मेरो इन्जिन घोडामा गन्तव्य तर्फ।
तब लाग्थ्यो कि म गुडेको छैन उडेको छु?
निसाना तर्फ वेग हानेको बाज जस्तै।
म रोप्थे ज्ञान् सिपका बेर्ना कोमल मस्तिस्कहरुमा ।
जसरी असारमा हरिया जमरा दही जमाईएको खेतमा रोपिन्छ।
तर आज ठप्प भएको छ मेरो ज्ञान फुलाउने दैनिकी
र यो संसार पुरै छोपिएको छ
नर्कबाट निस्केको कालो बादलले,
म सुत्ने कोठाको झ्यालबाट एकोहोरो हेरिरहेछ मलाई
मेरो इन्जन घोडा, मलाई थाहा छ उ आस्चर्यमा छ र सोधिरहेको छ
“मेरो मालिकले यतिका दिनसम्म मेरा कान किन बटारेन” ?
चौबिस घण्टामा अठार घन्टा घटाए पछीको समय
मात्रै मेरो शरीरलाई सहने बिस्तारा
र मेरो शिरलाई सहने सिरानी आत्तिएका छन,
कुर्ची टेबल सोफा र गलैचाहरु पाट्टीएका छन,
म बुझ्दछु मेरो बन्दी जीवन नियालिरहेका निर्जिव दर्शकहरुको जिज्ञासा
तर उनिहरु बुझ्दैनन् मैले बन्द कोठाभित्र खोजिरहेको मानव जीवन र सभ्यता। ।
म चाहान्छु फन्को मारेर हेर्न यो संसार
तर, जादैन केही कोस भन्दा पर
त्यहाँ पाउछु सुनसान मेरो शहर र महशुस हुन्छ
एक्लै अन्तरीक्षमा ओर्लेजस्तो,
मेरो मानसपटलमा अचानक उदाउछ ।
एउटा बिचित्रको चित्र मानव बिना यो धर्तिको,
त्यहीबेला सम्झिन्छु ‘ठुल्दाई’को आदेस
‘बाहिर निस्कन निषेध’ र फेरि हच्किएर छिर्छु निस्किएको ठाउँ भित्र
किनकी म थुनिएको छु ‘कोरोना जेल’ भित्र। ।