बाँके । लुम्बिनी प्रदेशका डिआइजी मुकुन्द आचार्यले मंगलबार जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण गर्दै प्रहरी संगठनको नीति नियम र परिधिमा रहेर जिम्मेवारी निभाउन निर्देशन दिनुभयो छ । प्रहरीले दिने सेवा नागरिकमैत्री हुनुपर्नेमा उहाँको निरन्तर जोड थियो ।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई जिल्ला प्रहरी कार्यालय भित्र फुलमालाले स्वागत गर्नुभएको थियो । साथै प्रहरी संगठन भित्र सिनियर तथा जुनियर अफिसरहरुलाई डिआइजी आचार्यले निर्देशन समेत दिनुभएको बाँके बर्दिया एसपी कार्कीले जानकारी दिनुभएको छ ।