दाङ । बडादशैं २०७८ को पावन अवसरमा द राइजिङ युथ क्लब गढवाको आयोजनामा सोमवारदेखि गढवामा ५१ हजार राशी पुरस्कारको देउखुरी ब्यापि खुल्ला युनियनकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
क्लबका अध्यक्ष प्रसान्त सिंह डिसीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले गर्नुभएको हो । खेलकुदको उद्घाटन गर्दै अध्यक्ष मगरले खेल मानव स्वास्थ्यकालागि अत्यन्तै उपयोगि भएको भन्दै स्वास्थ्य समृद्धिको आधार नै खेलकुद भएको औंल्याउनुभयो ।
प्रतियोगिताको पहिलो दिन लालमटिया र लमही फूटवल क्लबको प्रतिष्पर्धा रहेको थियो । आगामी असोज २३ गते सम्म संचालन हुने सो फुटवल प्रतियोगितामा देउखुरी क्षेत्रका जम्मा जम्मी १५ टिमले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई आधालाख बढी अर्थात् ५१ हजार नगद पुरस्कार र द्धितिय हुनेलाई २१ हजार सहित मेडल,शिल्ड,कप र प्रमाणपत्र सहितको पुरस्कारको ब्यवस्था गरिएको क्लबका अध्यक्ष डिसीले जानकारी दिनुभयो ।
उक्त खेलकुद संचालनका लागी वडा कार्यालय,प्रहरी प्रशासन र जिल्ला खेलकुद बिकास परिषद् र फिल्डका लागि सम्बन्धीत बिदालय संग समन्वय सहकार्य रहेको आयोजकले जनाएको छ ।