दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लाखौं रुपैया हिनामिना भएपछि त्यहाँका उपभोक्ताहरुले संस्थामा ताला लगाएका छन् । अमृतपुर खानेपानि उपभाेक्ता तथा सरसफाई संस्था तुलसीपुर ३,८ र ९ मा कार्यसमितिका पदाधिकारीहरुले २० लाख ४९ हजार ९०० रकम विगत लामाे समयदेखि पेष्किका नाममा अपचलन गरेकाे उनीहरुमा आरोप लागेको छ। […]
धनगढी । कैलालीमा अबैध काठसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ कोलमुडा स्थित भित्री सडक खण्डमा गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला गएराति पक्राउ परेका हुन्। त्यस्तै साउँदले चलाएको लु ४ त ४७६६ नम्बरको ट्याक्टरमा अबैध रूपका सालको ७ (सात) फिट लम्बाई भएको ४८ वटा […]
दाङ । उपभोक्तालाई लगाइएको २५% कर तत्काल घटाउन माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघ नेपालले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बैज्ञानिक वन व्यवस्थापन महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा,महासचिव होम बहादुर गुरुङ,सचिव टोपेन्द्र खड्का लगायत प्रदेश पदाधिकारीको अगुवाई र बैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेन,वरिष्ठ उपाध्यक्ष […]
नुवाकोट । मानव अधिकारका लागि महिला एकल महिला संस्थाकाे आयाेजना तथा बिदुर नगरपालिका बिदुरको आर्थिक सहयाेगमा नगर भित्रका २६ जना एकल महिलाहरुलाई आयमुलक २ दिने कुखुरा पालन सम्बन्धि प्रशिक्षणसंगै चल्ला वितरण गर्ने कार्य सम्पन्न भएको छ । हाेटल सुखद पाहुना घर बिदुरमा आषाढ ५ र ६ गते सम्म संचालन भएको दुई दिने उक्त कार्यक्रमकाे समापन […]
दाङ । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दा हेर्ने जिम्मा सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो। यसअघि उक्त मुद्दा हेर्ने जिम्मा उच्च, सर्वोच्चका साथै सरकारले तोकेका निश्चित जिल्ला अदालतलाई मात्रै थियो । यी मुद्दा काठमाडौं केन्द्रित हुन थालेपछि सरकारले जिल्लामै अधिकार दिने निर्णय गरेको हो। त्यस्तै […]
दाङ । घोराही उपमहानगरपालिकाद्वारा अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको हो । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर,२० मिनी पावर टेलर,एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन […]
काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रकम सहित एक महिला पक्राउ परेकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीया कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको हो। त्यस्तै […]
दाङ । १८ बुँदे घाेषणापत्र जारी गर्दै दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन मंगलवार लमहीमा सम्पन्न भएकाे छ । न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको अधिकार स्थापित गर्ने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको हो । दुई दिन सम्म चलेको सम्मेलनले १८ बुँदे घाेषणापत्र जारी गरेको छ । अझैं पनि जातका आधारमा, लिंगका […]
दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही शाखालाई ज्ञापनपत्र बुझाएको छ । दाङ देउखुरी क्षेत्रमा केहि दिनदेखि विद्युत अनियमित तथा अघोषित लोड सेडिङले आम सञ्चार माध्यम, उद्योगी,व्यापारी लगायत आम नागरिकहरुमा असर पुग्नुका साथै नोक्सानी पुगेको ठहर गरि यथाशिघ्र विद्युत नियमित सुचारु […]