राप्ती गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग सुझाव संकलन कार्य सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति,कार्यक्रम तथा याेजनाका बारेमा सरोकारवालाहरुसँग राय सुझाव संकलन कार्य शुरु गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत गरिने निति तथा कार्यक्रमका बारेमा पालिमामा क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्था, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल तथा […]

लमहीको १ नम्बर वडा कार्यालयद्वारा किसानलाई सिंचाइको लागि मोटर प्रदान

दाङ । किसानको मागलाई मध्यनजर गर्दै लमही नगरपालिका वडा नम्बर १ ले सिंचाईका लागि मोटर प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको वृद्धआश्वम टोलका किसानहरुलाई सिंचाईका लागि मोटर प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो । यो टोलमा बीस घरधुरी संख्या हुनुहुन्छ, उहाँहरुको खेतीयोग्य जमिनलाई सिंचाई पुग्ने […]

बैतडीमा जिप र मोटरसाइकल ठोक्किदा वडा अध्यक्ष र सचिव घाइते

बैतडी । बैतडीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटनामा भएको छ। दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो । दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन्। सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र […]

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु,७ जनाको सनाखत

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी […]

राप्ती गाउँपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदान स्वरुप बोयर बोका वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो । गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख […]

राजपुर गापाद्वारा नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासंग सुझाव संकलन

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाहरुको बीच राय सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वडा सदस्य,टोल विकास, राजनीति दल,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, कृषि,खानेपानी, विद्युत,यातायात, वन वातावरण, सुशासन लगायतको विषय बस्तुमा […]

राजपुर गाउँपालिकाद्वारा अग्नि पीडितलाई राहत प्रदान

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ । शुक्रबार राति राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोलाका टेकबहादुर बुढा मगरको घरमा आगलागी भएर अन्नपात,लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।यसैगरी बुढाको घरमा आगलागी भएको खबरका आधारमा आइतबार पालिकाले चामल २ बोरा,तेल २ लिटर,दाल १ किलो,नुन २ किलो र मानव […]

जिल्ला प्रमुख अधिकारी वैद्यको ठाडो आदेशपछि,राप्ती नदीमा भइरहेको उत्खनन बन्द

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा भइरहेको उत्खनन बन्द गरिएको छ । गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख […]

राप्ती ९ को विकट गाउँ मुस्लिम टोलमा खानेपानी पुर्‍याउन शनिबार अध्यक्ष विष्टद्वारा श्रमदान

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ विकट गाउँ मुस्लिम टोलमा खानेपानीको निकै समस्या छ । एक गाग्रो पानीका लागि त्यहाँका स्थानीय पानी लिन घण्टौ टाढा हिडेर जानुपर्ने बाध्यता छ । सुख्खायाम शुरु भए सँगै नजिकमा रहेको पानीको मुहान सुकेपछि त्यस टोलका ४३ घरपरिवार वर्षौ देखि सुख्खायाममा त्यस प्रकारको बाध्यता भोग्दै आईरहेका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]