Menus
गोरखा स्कुल लमहीको पत्रकार भेटघाट:२०८१ को कार्यक्रम र ०८२ योजना बारे जानकारी

दाङ । देउखुरीमा लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शैक्षिकसत्र २०८२ देखि कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने भएको छ । बिहिवार स्कुलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो विषयमा जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक लोकमान रिजालले स्कुलको आगामी शैक्षिकसत्रको विद्यालय योजनाका विषयमा जानकारी दिदै सो विषयमा जानकारी गराएका हुन् । त्यस्तै उनले विद्यार्थीहरुलाई […]

देशभरका शिक्षकहरु आजदेखि काठमाडौँका सडकमा उत्रिँदै

काठमाडौँ । आजदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको […]

गुरुकुल एकेडेमी घोराहीद्वारा नयाँ जिम्मेवारी बाँडफाड

दाङ । गुरुकुल एकेडेमी घोराहीले विद्यालयको विभिन्न तहमा जिम्मेवारी बाँडफाड गरेको छ। विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा महेन्द्र पौडेललाई नियुक्त गरेको छ । विद्यालय संयोजकको जिम्मेवारी भुवन आचार्यलाई सुम्पिएको छ,जसले विद्यालयको समग्र व्यवस्थापन र कार्यक्रमहरूलाई समन्वय गर्ने छन् । आधारभूत तहमा पनि केही महत्वपूर्ण जिम्मेवारीहरू बाँडिएका छन् । आशा कुमारी चौधरीलाई आधारभूत तह संयोजकको जिम्मेवारी दिइएको […]

आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई सुरु,पोहोर भन्दा ४९ हजार बढीले जाँच दिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजेदेखि एसइई आरम्भ भएको हो । परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा […]

शिक्षक सेवा आयोगको रित्त सदस्य पदमा सुवेदी र सापकोटा नियुक्त

काठमाडौं । नेपाल सरकारको शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । यही चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका […]

राप्तीको ऐरावती क्याम्पसमा अखिल क्रान्तिकारी र अखिल छैठौंको गठबन्धन प्यानल विजयी

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–२, लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैठौं ) बाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार सोनी २१४ […]

निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ । नेविसंघले निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै आज नाराबाजी गरेका हुन् । त्यस्तै उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले आज बिहान निर्वाचन स्थगित […]

टियु आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज हुँदै,विश्व वि.क्याम्पसमा चैत ८ गते हुने

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने तालिका छ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुने छ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता […]

देशका विभिन्न क्याम्पसहरुमा तालाबन्दी,स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन नजिकिएसँगै तालाबन्दी गर्ने क्रम समेत बढेको पाइएको छ । संगठनभित्रकाे आन्तरिक विवाद,विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि,उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी,अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले विभिन्न कलेजहरूमा तालाबन्दी गरेका छन् । यस्तै नेविसंघले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न कलेजमा तालाबन्दी गरेको छ। त्यस्तै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close