
काठमाडौं । काठमाडौँमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट […]
दाङ । सरकारी अस्पतालबाट प्रवाह हुने सेवा गुणस्तर सुधार तथा आत्मनिर्भर बनाउनको लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य मन्त्रीको संयोजकमा कार्यदल गठन भएको छ । त्यहीँ कार्यदलका सदस्यहरूले अहिले प्रदेशभरि रहेको अस्पतालहरूको अनुगमन तथा आवश्यक सुझाव लिन थालेको छ । बुधबार कार्यदलका सदस्यहरू प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनाल, निवर्तमान स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन, स्वास्थ्य विज्ञ […]
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । त्यस्तै सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूची समेत बुझाएको हो । ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी […]
काठमाडाैँ । रामेछापकाे मन्थली नगरपालिका वडा नम्बर २ र ३ को सिमाना ठाँटीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। वडा नम्बर ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका –२ का ६२ वर्षीय […]
काठमाडौँ । बुधबार बेलुकादेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ । त्यस्तै नेपाल प्रहरीले जारी गरेको १२ बजेसम्मको अपडेट अनुसार विभिन्न १३ स्थानका राजमार्गमा बाढीपहिरो गएको छ । जसमध्ये ६ […]
डोटी । डोटीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । यस्तै चट्याङबाट ७ जना समेत घाइते भएका छन् । गएराति जिल्लाको सायल गाउँपालिका वडा नम्बर –६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ […]
काठमाडौँ । अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउसो कोशी, मधेस, बागमती, […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित सोमईथान एलएच एकेडेमीको १६ औं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता पाण्डेको अध्यक्षता तथा प्याब्सन दाङ जिल्लाका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण ओली विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा सेयर सदस्य सावित्री तरामी,अभिभावक प्रेमी […]
बर्दिया । बर्दियाको गुलरिया प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई कारबाही गरेको छ । मंगलबार पक्राउ परेका ६ जनामध्ये एक जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । गुलरिया नगरपालिका वडा –४ बेलौलीका बाबुराम गोडियालाई नियन्त्रणमा लिई प्रहरीले मुद्दा चलाएको हो । पक्राउ परेका अन्य पाँच जना प्रहरीमाथि हातपात नगरेको खुलेपछि तारिखमा छोडेको प्रहरीले जनाएको छ । प्रहरीमाथि […]