आजदेखि बजेटबारे मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरुले दुई दिन जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, […]

दाङका १० स्थानीयतहलाई ५ अर्ब,दुई करोड बढी संघ सरकारको अनुदान

दाङ । सरकारले दाङका दशवटा स्थानीय तहलाई ५ अर्ब बढी बजेट अनुदान दिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत विभिन्न शीर्षकमा ५ अर्ब दुई करोड ५ लाख अनुदान पठाएको हो । दाङले चालुतर्फ ४ अर्ब २७ करोड ५२ लाख र पूँजीगततर्फ ७४ करोड ५३ लाख प्राप्त गरेको छ । दाङमा समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदान ४४ करोड २५ लाख, […]

नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायो,पेट्रोल-डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पुर्वाधार कर […]

सरकारले ल्यायो १७ खर्ब,९३ अर्ब,८३ करोड बजेट

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याउनु भएको हो । त्यस्तै अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय […]

कैलाली प्रहरीद्वारा चोरीको सुन सहित साढे २५ लाख भारती रुपैयाँ पक्राउ

धनगढी । कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख […]

पेट्रोलीयम पदार्थको मुल्यवृद्धि चाँदै फिर्ता हुन्छ,उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बडु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनुभएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिनुभएको हो । विद्यार्थी संगठनले आज बुधबारभित्र […]

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

दाङ । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाटसङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रीत हुने भएको छ । यही नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा बजेट संसदमा […]

फेरि बढ्यो डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा.गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै निगम […]

सीईओ न्यौपानेको बुवालाई सरकारी पदक दिलाउन एन आई सीको सेटिङ

काठमाडौं । साना साना विषयमा पनि प्रचारमा रमाउने एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हुँदा हुँदा आफ्नै बुवालाई समेत ‘सेटिङ’ मा सरकारी पदक दिलाएको पाइएको छ । उनका बुवा उत्तम कुमार न्यौपानेलाई बैशाख १ गते बिहिबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरे । एनआईशी एशिया बैंकका सीईओ न्यौपाने आफैले आफ्नै […]

सरकाररी प्रयोजनमा हुने इन्धनको खर्च कटौती गर्ने अर्थ मन्त्रालयको प्रस्ताव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए । महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताए । सर्वसधारणलाई पनि यस्ता […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]