कपिलवस्तु ।जिल्लाको शिवराज नगरपालिकाका कृषि उत्पादित तरकारी सहज रुपले उपभोक्ताको घरमै पुर्याउनका लागी कृषि एम्बुलेन्स संचालन गरिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं ५ को निर्देशन अनुसार कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन गरिएको हो । कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आयातित तरकारी तथा फलफुलको […]
म्याग्दी । ज्यामरुककोट, भकिम्लीको तोराखेत लगायतका क्षेत्रमा असिना पानीले बालीनाली नष्ट गरेको छ । म्याग्दीको पश्चिमी भेगका अधिकाँश ठाउँमा हिजो बेलुकी परेको असिना पानीले गहुँ, जौ, उवा लगायतका खाद्यान्न र तरकारी तथा फलफूलमा ठूलो क्षति पुगेको हो । स्थानीय सरकारले असिना पीडित कृषकलाई राहत स्वरुप ३८ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय भएपनि लकडाउनका कारण वितरण […]
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले बन्दाबन्दी(लकडाउन) मा पनि सामाजिक दुरी कायम गर्दै हाटबजार संचालनमा ल्याएको छ । लकडाउनको कारण किसानको उत्पादनले बजार नपाउने देखेपछि नगरपालिकाले हाटबजार संचालनमा ल्याएको हो । अन्यत्र स्थानियतहका किसानले टाउको समाउनु परेका बेला गुल्मीको रेसुङ्गा नगरपालिकाले भने किसानको मर्म बुझेको छ ! नगरपालिका किसानकै करेसाबारीमा पुगेर तरकारी लगायत अन्य कृषिजन्य उत्पादन खरिद […]
गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण अलपत्र मजदुरहरुको उद्धार गरिएको छ । जिल्लामा बिभिन्न स्थानमा रहेका आयोजनाहरुमा काम गर्दै आएका ४ सय वढि मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा सम्बन्धी ठाउँमा पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।जिल्लामा रहेका जोहाङ्ग, कालिगण्डकी करिडोर, पुल, रुद्राबेणी, वामीटक्सार लगायतका स्थानमा […]
गुल्मीमा गएराती परेको अबिर वर्षासँगै बाढि आउदा बन्दै गरेको पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माणाधिन वडा नम्बर ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने पुल भत्किएको हो । ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते खोलामा आएको अत्याधिक बाढीका कारण […]
बागलुङ। कोरोना संक्रमण फैलिन नदिन अहिले सबैले लक डाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अबलम्बन गर्न थालेका छन । विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठुला विकसित राष्ट्र देखि साना देशहरुमा समेत दिनहुँ कोरोना भाईरसको संक्रमण बढदो क्रममा छ र स्थिती दिनहुँ भयावह बन्दै गईरहेको छ । नेपाल पनि कोभिड १९ […]
दाङ । कैलाली निवासी सिला चौधरी चितवनमा मज्दुरी गर्छिन् । उनको काखमा सानो बच्चापनि छ । देशमा लकडाउन भएपछी उनी सँगै अन्य १५ जना समस्यामा परे । लकडाउन खुल्ने अाशमा केही दिन उनिहरु उतै बसे । तर, लकडाउन खुल्नुको साटो झन एक हप्ता थपियो । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन खुल्ने अाश पनि मय्रो […]
जिल्लाकाे झिमरुक गाउपालिका वडा नंवर १ बडाचाैरका युबाहरु खानेपानिकाे जाेहाे गर्न जुटेका छन। सरकारद्धारा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्दै गाउका युवाहरुले खानेपानी मुहान ब्यबस्थित गर्न जुटेका हुन। गाउमा जनसंख्या थपिदै गएपछी खानेपानी मर्मत र संरक्षणमा जुटेको युवाहरुको भनाई छ । स्थानीय यूवा रामप्रसाद पोख्रेलले लकडाउनको समयलाई सदुपयोग गर्दै युवाहरु गाउंमा रहेका खानेपानीका मुहानहरु सरसफाइ […]
कपिलवस्तु।अहिले तराईमा गँहु, मुसुरो, तोरी, केराउ, धनिया, लसुन स्याहार्ने समय हो । किसानहरु आफ्नो खेतमा पाकिसकेको बाली स्याहार्ने जुटेका छन । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारद्धारा लकडाउन लागू भएपछि घरमा बस्न बध्य भएका कपिलवस्तुका किसानहरु अहिले खेतमा देखीन थालेका छन । घर भन्दा बाहिर जना रोक लागेको अवास्थामा आफ्नो समयलाई अहिले खेतबारीमा दिएको पाइएको […]
रुपन्देही ।बुटवल उपमहानगरले लकडाउनका अबधिमा बुटवलका १३ ठाउँमा हरियो तरकारी किनबेचको प्रबन्ध गरेको छ । तोकिएको स्थानहरुबाट थोक खरिद गरि ठेला, डोको वा टोकरीमा राखी सुरक्षित तरिकाले निरन्तर टोल टोलमा लगि एक एक जनालाई विक्री वितरण समेत गर्न सकिने उपमहानगरको भनाई छ । यी हुन तरकारी किनबेचमा रोक लगाईएका तेह्र स्थान वडा नं. १ र […]