काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । सोमबार अधिवक्ता समिर हायुले मुद्दा दायर गर्नु भएको हो । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी रहेकोे छ । त्यस्तै सर्वोच्च अदालतमा […]
दाङ । राप्तीको नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङ देउखुरीको राजपुर गाउँपालिकाको कार्यालयमा अल्टिमेटम अनुसार सोमबार तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका छन् । सो गाउँपालिकाको वडा नम्बर ३ को खरदरिया घाटबाट केसी […]
काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी हुनु भएको छ । धर्नामा नारायणकाजी श्रेष्ठ,अष्टलक्ष्मी शाक्य,पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो । यस्तै संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र […]
काठमाडौं । संसद विघटन सम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदक तर्फको बहस सकिएको छ । आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको हो । संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराउनु भएको छ । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री […]
दाङ । कानून तथा संबैधानीक महाशाखाले शनिबार गढवा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुलाई एकै थलोमा जम्मा गरी सभा संचालन तथा कानून निर्माणका बिषयमा अभिमुखिकरण गरेको छ । गाउँ,नगर तहका जनप्रतिनिधीहरुलाई सभा संचालन गर्ने कानुनी प्रकृया र कानुन बनाउने बिषयमा जानकार बनाउन प्रदेश सरकारले यो अभियान संचालन गरेको लुम्बिनी प्रदेशका कानुन सचिव राजेन्द्र थापाले जानकारी दिनु भयो । प्रदेश […]
दाङ । दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हस्तनापुर निवासी मनबी पाण्डे खत्रीका छोरालाई उपचार गराउनको लागि शनिबार ६८ हजार बढी आर्थिक सहयोग भएको छ ।जन्मजात मलद्वार बन्द भएर पेटबाट दिशा गराउनु पर्ने अबस्था रहेको र उपचारकालागि आर्थिक अबस्था कमजोर भएपछि दाताहरुको पहलमा ६८ हजार बढि आर्थिक सहयोग गरिएको हो । अहिले उपचारमा तीन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले यही सातादेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । सरकारको यो निर्णय ठीक छ कि गलत भन्नेबारे बहस सुरु भएको छ । कतिपय काष्ठ व्यवसायी एवं वन मन्त्रालयका कर्मचारीहरुले सरकारी निर्णयको विरोध गरेका छन् । तर, सामुदायिक वन उपभोक्ता महासंघले भने सरकारको निर्णयको स्वागत गरेको छ । […]
दाङ । लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय भएको छ । गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो । प्रदेशको स्थायी राजधानीको गुरुयोजना बनाउन पूर्वाधार विकास प्राधिकरणको कार्यालय यहाँ स्थापना गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाधार […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत वडा नम्बर ६,२,१ का वडा अध्यक्ष सहित २१ जना वडा सदस्य र कार्यपालिका सदस्यहरुले विभिन्न आरोप प्रत्यारोपमा बुझाएको ज्ञापनपत्रको कुनै सत्यता नरहेको गाउँपालिकाले बिहीबार एक विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ । सो गाउँपालिकामा बिगत ५ महिनादेखी कार्यपालिकाको बैठक बस्न नसकेको आरोप प्रती राजपुर गाउँपालिकाले गम्भीर ध्यानाकर्षण […]