काठमाडौं । आजपनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवारपनि काठमाडौंको माईतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । त्यस्तै सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन […]
सुर्खेत । कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका वडा नम्बर-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले पलाँता-९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको जानकारी दिए । त्यस्तै रावतका अनुसार […]
दाङ । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले तीन दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । राप्ती गाउँपालिका ३ मसुरियामा आइतवार बसेको कार्यसमितिको बैठकले तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । कमिटीका अध्यक्ष हुमा सुनारको अध्यक्षता एवं प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिका बस्नेतको प्रमुख आतिथ्यता तथा नेकपा एमाले राप्ती गाउँपालिका कमिटी […]
रोल्पा । लुम्री गाउँपालिका वडा नम्बर–७,हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ । हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरुलाई प्रहरीले पक्राउ गरेको हो । गाउँमा १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका थिए । कुुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा […]
दाङ । आईतवार दिनभर जसो वालविवाह न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकारले बनाएका रणनितीक योजना र कार्यान्वयनका पक्षमा भएका प्रयासहरुको सार्थकताका बिषयमा देउखुरीको लमहीमा किशोर,किशोरी र सरकारका प्रतिनिधीहरुसंग दोहोरो संबाद भएको छ ।फातिमा फाउण्डेशन बाँके, मुक्त कम्लरी बिकासु मञ्च दाङ, सिर्जनशिल संस्था नेपाल, सैनामैना स्वाबलम्वी संस्था रुपन्देही र दलित महिला उत्थान केन्द्र बर्दियाको आर्थीक प्राबिधिक सहयोग […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ । त्यस्तै लामिछानेले यसअघि उच्च अदालत तुल्सिपुरको बुटवल इजलासले गरेको आदेश विरुद्धपनि सर्वोच्च सर्वोच्चमा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भर्त्सना गरेको छ । समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै उनीहरुलाई पक्राउ गर्ने कार्यको भर्त्सना गरेका हुन् । ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित सिंहदरबार परिसर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा सामूहिक रुपमा नेकपा एमाले परित्याग गर्ने बढेका छन् । डा. भीमबहादुर रावललाई एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि सुदूरपश्चिममा पटक–पटक गरेर तीन सयभन्दा बढी नेताले एमाले परित्याग गरिसकेका छन् । त्यस्तै एमाले सुदूरपश्चिम प्रदेशको लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा आइतबार ७१ जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका छन् । […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ । सिंहदरबार भित्र उनीहरुले गणतन्त्र विरुद्ध प्लेकार्ड देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनी सिंहदरवार स्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो क्रममा उनीहरुले गोजीबाट पम्प्लेट निकालेर प्रदर्शन […]
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री,सभामुख,प्रधानमन्त्रीसँग समेत छलफल गरेपनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । त्यस्तै आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा […]